रणनीति

  • रेशमखेती विस्तरका लागि मकै बालीको डिलमा सघन किम्बु, व्यावसायिक पशुपालन क्षेत्र, माछापालन पोखरीको डिलमा र अदुवा तथा बेसार एवं कफी बालीको लागि छाहारी र कबुलियती वनमा भुँई घाँस अन्तर बाली उपयुक्त हुने प्रणालीमा किम्बु खेती विस्तार गर्ने ।
  • बहु पुस्ते र दुई पुस्तेको वर्णशंकर (क्रस भोल्टाईन) फुल उत्पादन गरी कीरापालनबाट दोश्रो वसन्तकालीन र पहिलो शरदकालीन कोया उत्पादनमा बृद्धि गर्ने ।
  • ३०/३५ घर घुरीमा ५० हजार भन्दा बढि उत्पादनशिल किम्बु विरुवा भएको गाँउ क्षेत्रलाई मोडल पकेट क्षेत्र मानी रेशमखेती सघन कार्यक्रम संचालन गर्ने उक्त मोडल पकेट क्षेत्र एक सिजनमा ५० बक्स कीरापालन गराई कम्तिमा १ टन कोया उत्पादन गराउने ।
  • रेशमखेतीलाई व्यावसायिकिकरण गर्न हरेक पकेट क्षेत्रमा नमुना किम्वु बगैंचा स्थापना र कम लागतको मोडल कीरापालन घर बनाई कार्यक्रम संचालन गर्ने ।
  • रेशमजन्य कपडा उद्यमी तथा कारोवारमा संलग्न निजी क्षेत्रलाई कोया तथा धागो खरिद गराउन प्रोत्साहनका कार्यक्रम बढाई निरन्तरता दिने ।