कार्य विवरण

  • विभिन्‍न रेशम कीरा प्रजातीहरुको मातृश्रोतको संरक्षण सम्वर्द्धन एवं विकास गर्ने ।
  • सिफारिश रेशम कीराको जातको अण्डा उत्पादन गरी विभिन्‍न सरकारी फार्म केन्द्र, कृषक समूह तथा सहकारीहरुलाई आपूर्ति व्यवस्था मिलाउने ।
  • रेशम कीरापालन विकास र विस्तारको लागि राष्ट्रिय व्यावसायिक नीति तथा योजना तर्जुमामा व्यावसायिक कीट विकास केन्द्रलाई पृष्ठपोषण गर्ने।
  • नविनतम प्रविधिको उपयोग गरी रेशम कीरापालन, विकास र विस्तारको लागि उत्पादक कृषक एवं उद्यमीलाई तालिम प्रदान गर्ने ।
  • रेशम सम्वन्ध विषयमा विशेषज्ञ सेवा प्रदान गर्ने ।
  • रेशम कीरापालन प्रविधिको विकास र विस्तारका सम्वन्धमा नजिकको कृषि अनुसन्धान केन्द्र तथा ज्ञान केन्द्रसँग समन्वय एवं सहकार्य गर्ने ।
  • फार्मको उत्पादकत्व एवं आम्दानी वृद्धि गर्न जमिन तथा अन्य पूर्वाधार र सुविधाको उपयोग गर्ने ।
  • सम्बन्धित विषयको समस्या समाधानका लागि स-साना कार्यमुखी (Action oriented) अध्ययन, परीक्षण संचालन गर्ने, रेशम प्रशोधन गरी धागो, कपडा तथा रेशमजन्य उद्योग प्रवर्द्धनमा निजी क्षेत्रको क्षमता विकास गर्ने, रेशम कीरापालनसँग सम्वन्धित उन्‍नत प्रविधिको प्रदर्शन संचालन गर्ने, रेशम कीरापालन, विकास र विस्तारका लागि राष्ट्रिय श्रोतकेन्द्रको रुपमा कार्य गर्ने।
  • रेशम सम्वन्धी विभिन्‍न नविनतम प्रविधिहरुको Package of practice तयार गरि ICT मार्फत प्रचार प्रसार तथा वितरण गर्ने ।
  • किम्वु तथा रेशमको श्रोत केन्द्र पहिचान, तथ्याङ्क संकलन र अध्यावधिक कार्यमा सहजिकरण गर्ने ।
  • संघ, प्रदेश र स्थानीय तहमा रहि रेशम सम्वन्धी काममा संलग्न प्राविधिक जनशक्ति विकास गर्ने ।
  • किम्वु तथा रेशम कीराका जातहरुको विरुवा तथा अण्डाका माग तथा आपुर्ति सम्वन्धित वार्षिक वासलत तथा माग आपूर्तिको प्रक्षेपण गर्ने।
  • रेशम कीरापालनमा संलग्न व्यवसायी समूह तथा सहकारीहरुलाई लक्षित गरी कार्यक्रम संचालन गर्न सहजिकरण गर्ने ।