परम्परागत कृषि तथा पशुपालन प्रणालीमा रेशमखेती आवद्ध गरी व्यावसायिकरण गर्ने । परम्परागत कृषि प्रणालीमा व्यावसायिक रेशमखेतीको माध्यमद्धारा किसान समुदायको आयआर्जन वृद्धि गरी जिवीकोपार्जनमा सुधार ल्याउने । नेपालमा स्थापित रेशम कपडा जन्य उद्योगको लागि रेशम धागोको आयत प्रतिस्थापन गरी स्वदेशी रेशम जन्य उद्योग प्रर्वद्धनमा टेवा पुर्याउने ।
मूख्य उद्धेश्य निम्न बमोजिम छन् ।
- कृषकहरुलाई रेशमखेतीमा आवद्ध गरि व्यावसायिकरण गर्ने ।
- रेशम कीराको मातृश्रोत संरक्षण सम्वद्र्घन एवम् विकास गर्ने ।
- सिफारिस रेशम कीराको जातको अण्डा उत्पादन गरी विभिन्न सरकारी पmार्म केन्द्र, कृषक समूह तथा सहकारीहरुलाई आपूर्ति व्यवस्था मिलाउने ।
- रेशम कीरापालन विकास र विस्तारको लागि नीति तथा योजना तर्जुमामा व्यावसायिक कीट विकास केन्द्रलाई पृष्ठपोषण गर्ने ।
- रेशम सम्वन्धी विषयमा विशेषज्ञ सेवा प्रदान गर्ने ।
- संघ प्रदेश र स्थानिय तहमा रही रेशम सम्वन्धी काममा संलग्न प्राविधिक जनशक्ती विकास गर्ने ।
- रेशम प्रशोधन गरी धागो कपडा तथा रेशमजन्य उधोग प्रवद्र्वन निजी क्षेत्रको क्षमता विकास गर्ने ।
- रेशम कीरापालन, विकास र विस्तारका लागि राष्ट्रिय स्रोतकेन्द्रको रुपमा कार्य गर्ने ।